काठमाडौं । लाभांश दिने घोषणा गरेपनि सर्वोत्तमको शेयर मूल्य ओरालो लागेको छ । कम्पनीको चैत २० गते बसेको संचालक समितिको बैठकले हाल चुक्तापूँजीको १५ प्रतिशत नगद दिने निर्णय गरेको हो ।
लाभांश घोषणासँगै कम्पनीको शेयर मूल्यमा समेत सुधार हुने अपेक्षा लगानीकर्ताले राखेको थिए । तर, आज पनि कम्पनीको शेयर ३.१९ प्रतिशत अर्थात् २९ रुपैयाँ ५० पैसाले घटेर ८९५ रुपैयाँमा पुगेको छ ।
कम्पनीको आज १ लाख ३९ हजार ९०१ कित्ता बराबरको १२ करोड ६७ लाख ८५ हजार रुपैयाँको कारोबार भएको छ ।
FACEBOOK COMMENTS