काठमाडौं । फोर्ब्सले सन् २०२४ मा विश्वका डलर अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको छ । उक्त सूचीअनुसार विश्वभर अर्बपतिको संख्या २ हजार ७८१ पुगेको हो । यो सूचीमा गत वर्षभन्दा बढी १४१ जना अर्बपति नयाँ अनुहारका छन् ।
सूचीअनुसार विश्वमा अर्बपतिको संख्या मात्रै होइन, उनीहरूको संयुक्त सम्पत्ति पनि बढेको छ । अर्बपतिहरूको संयुक्त सम्पत्ति १४.२ ट्रिलियन डलरभन्दा बढी रहेको बताइएको छ ।
यो गत वर्षको भन्दा २ ट्रिलियन धेरै हो भने सन् २०२१ के भन्दा १.१ ट्रिलियन बढी हो। अर्बपतिमध्ये दुई तिहाइको सम्पत्ति गत वर्षभन्दा बढेको छ भने एक चौथाइको सम्पत्ति घटेको छ ।
विश्वभर बढिरहेको मुद्रास्फीतिको दबाब, महामारीको प्रभाव, दुई वटा युद्ध र विश्वमा विद्यमान अस्थिरताले अर्बपतिहरूलाई निकै कम वा लगभग कुनै प्रभाव पारेको छैन । विगत १० वर्षको ‘ट्रेन्ड’ हेर्दा उनीहरूको सामूहिक सम्पत्ति १२० प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS