काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज २२ दशमलव ७५ अङ्कले बढेर नेप्से परिसूचक दुई हजार २६ दशमलव ८१ विन्दुमा रोकिएको छ ।
यस दिन ३११ धितोपत्रको १ करोड १२ लाख १० हजार १०२ कित्ता शेयर ६४ हजार २२१ पटक खरिदबिक्री हुँदा चार अर्ब २५ करोड ६६ लाख ७६ हजार ३३३ रुपैयाँ ५६ पैसा बराबरको शेयर कारोबार भएको छ ।
नेप्से इन्डेक्सका साथै आज सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स सबैमा १.०४ देखि १.२० प्रतिशतसम्मले बढेका छन् । यस्तै, १३ वटामध्ये होटेल एण्ड टुरिजम र ट्रेडिङ इन्डेक्सबाहेक सबै उपसूचकहरू पनि बढेका छन् ।
अघिल्लो कारोबार दिन गत बिहीबार नेप्से २ दशमलव ७३ अङ्कले घटेर दुई हजार ४ दशमलव ५ विन्दुमा रोकिएको थियो भने तीन अर्ब ३ करोड ७२ लाख ६७ हजार रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको थियो ।
FACEBOOK COMMENTS