काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आउँदै गरेको १७औं वार्षिकोत्सवलाई मध्यनजर गर्दै हिजो शनिबार निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरेको छ ।
आगामी वैशाख ७ गते बैंकको वार्षिकोत्सव हो । बैंकले सुदूरपश्चिम प्रदेश अन्तर्गत सुख्खड शाखा र बागमती प्रदेश अन्तर्गत कपन शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले घोडाघोडी नगरपालिका ०८ आमफाँटा कैलालीमा अवस्थित स्थानीय सीएस अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरेको छ ।
यसैगरी, बागमती प्रदेशको काठमाडौँ जिल्ला अन्तर्गत कपन शाखाले नेपलिज सोसाइटी अफ कम्यूनिटी मेडिसिनमा आवद्ध विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहकार्यमा सफलतापूर्वक स्वास्थ्य शिविर संचालन गरेको छ । कार्यक्रममा सरस्वतीनगरको परिक्रमा र्याली साथै नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धी कक्षा संचालन पनि भएको थियो ।
यसका साथै विरामीहरुको रक्तचाप, मधुमेह परीक्षण लगायत मानसिक स्वास्थ्य परामर्श र स्क्रिनिङ पनि गरिएको थियोे । उक्त स्वास्थ्य शिविरहरुमा करिब ३५० जना व्यक्तिहरुले स्वास्थ्य सेवा प्राप्त गरेका थिए ।
निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता स्वास्थ्य शिविर प्रदेशका अन्य शाखाहरुमार्फत पनि सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।
FACEBOOK COMMENTS