काठमाडौं । प्रभु बैंकले वैशाख २० गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।
बैंकले सभा प्रयोजनका लागि वैशाख ४ गते बुक क्लोज गर्ने जनाएको छ । वैशाख ३ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने जनाएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।
सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव रहेको छ । सभा बैंकको केन्द्रीय कार्यालय बबरमहलमा हुनेछ ।
FACEBOOK COMMENTS