काठमाडौं । नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा उमेश खड्का निर्वाचित भएका छन् ।
चैत २६ गते उद्घाटन भएको १२औँ सम्मेलनअन्तर्गत गत मंगलबार सम्पन्न निर्वाचनबाट खड्का १९८ मतका साथ निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी भगवान न्यौपानेले १२३ मत प्राप्त गरे ।
अध्यक्ष पदमामा प्रत्यासी बनेर विजयी बनेका खड्का यसअघि सो कमिटीको सचिव र पराजित भएका न्यौपाने उपाध्यक्ष थिए ।
यसैगरी नवनिर्वाचित कमिटीको उपाध्यक्षमा रिखी बुढाथोकी र महिला उपाध्यक्षमा सरिता शिवाकोटी निर्विरोध निर्वाचित भएका छन् भने सचिवमा नारद खड्का निर्वाचनमार्फत निर्वाचित भएका छन् । खड्काले १९६ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी रवीन्द्र खड्काले १२२ मत प्राप्त गरे ।
कमिटीको उपसचिवमा मोतीलाल मोक्ता र महिला उपसचिवमा कविता फुयाँल निर्विरोध निर्वाचित भएका छन् । यसैगरी, कोषाध्यक्षमा केशव आचार्य निर्वाचित भएका छन् । उनले १७५ मत प्राप्त गरी उनका प्रतिस्पर्धी सञ्जीव थापाले १३९ मत पाए ।
त्यसैगरी, भूगोलबाट प्रतिनिधित्व गर्ने सबै सदस्यहरू निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत सरोज मोहन लामाले जानकारी दिए । उनका अनुसार भूगोलतर्फका सदस्यहरूमा सन्तोष प्रधान (भीमेश्वर नगरपालिका), पुरुषोत्तम खरेल (कालिञ्चोक गाउँपालिका), सूर्य जीसी (बिगु गाउँपालिका), अनिल खड्का (गौरीशंकर गाउँपालिका), टहल बहादुर खड्का (वैत्येश्वर गाउँपालिका), पूर्णबहादुर खत्री (जिरी नगरपालिका), पुष्कर केसी (तामाकोशी गाउँपालिका), राजु कार्की (मेलुङ गाउँपालिका) र सुरज बस्नेत (शैलुङ गाउँपालिका) निर्वाचित भएका छन् ।
यस्तै, समावेशी सदस्यतर्फ आदिवासी जनजातीबाट देवेन्द्र भुजेल र जीवन थोकर, महिलाबाट प्रमिला साह शंकर, यमुनादेवी दाहाल पोखरेल, लक्ष्मी नेपाली, लक्ष्मी खड्का र माया खड्का निर्विरोध निर्वाचित भएका छन् । यसैगरी, दलित सदस्यतर्फ लजुना नेपाली निर्विरोध निर्वाचित भएकी छिन् ।
खुला सदस्यतर्फ शिवकुमार चौलागाईँ र रोशन खड्का निर्वाचनमार्फत निर्वाचित हुँदा अल्पसंख्यक सदस्यतर्फ कसैको पनि उम्मेदवारी नपरेको निर्वाचन अधिकृत लामाले जानकारी दिएका छन् । सो पदलाई मनोनीतबाट पूर्णता दिइने बताइएको छ ।
अधिकृत लामाका अनुसार निर्वाचित कमिटीले आज आइतबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित विशेष समारोहमार्फत उनीहरूलाई सपथ ग्रहण गराइएको हो ।
FACEBOOK COMMENTS