काठमाडौं,चैत ५ – सिटिजन्स बैंक इन्टरनेसनलले मोहन्याल शाखाद्धारा मोहन्याल गाउँपालिका वडा नं। ४ खिमडी स्थित श्री भृकुटी माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयका छात्रछात्राहरुको पठनपाठनमा मद्दत हुने हिसाबले उक्त सहयोग हस्तान्तरण गरेको हो ।
बैंकले मंगलबार एक कार्यक्रमकाबीच सो विद्यालयलाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । विद्यार्थीको सर्वागिंण विकासमा शिक्षाले ठूलो भुमिका खेल्ने भएकोले गर्दा सो कुरालाई ध्यानमा राखी यस बैंकले यो सहयोग गरेको छ ।
नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले लिएको छ । भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।
बैंकले हाल ९३ वटा शाखा, ९० वटा ए।टि।एम। र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS