काठमाडौं, चैत ५ – मानिसको रगत समूहको अनुसार कोरोना भाइरसको संक्रमण फरक हुने निष्कर्ष एक अनुसन्धानले निकालेको छ । चीनका मेडिकल अनुसन्धानकर्ताहरूले गरेको अध्ययन अनुसार मानिसको ब्लड ग्रुप अनुसार कोरोनाको असर देखिने गर्दछ ।
कोरोनाको उद्गम स्थल मानिएको चीनको हुबेई प्रान्तको वुहान र सेन्जनमा गरिएको अध्ययनले ब्लड ग्रुप ए भएका मानिसमा संक्रमण धेरै हुने र ब्लड ग्रुप ओ भएका मानिसमा भने कोरोनाको संक्रमण कम हुने निष्कर्ष निकालेको छ ।
ऊहानमा वैज्ञानिकले कोरोना भाइरसद्वार संक्रमित २,१७३ व्यक्तिमा अध्ययन गरेका हुन् । यीमध्ये २०६ जनाको मृत्यु कोरोना भाइरसका कारण भएको थियो । कोरोना भाइरसका कारण मारिएका २०६ व्यक्तिमध्ये ८५ जनाको रक्त समूह ‘ए’ थियो । अर्थात् करिब ४१।२६ प्रतिशत । जबकी ५२ जनाको रक्त समूह ‘ओ’ थियो । अर्थात्, करिब २५ प्रतिशत ।
२,१७३ व्यक्तिमध्ये रक्त समूह एक हुने व्यक्ति धेरै थिए । यीमध्ये ३२ प्रतिशतको रक्त समूह ‘ए’ थियो भने रक्त समूह ‘ओ’ भएका व्यक्तिहरु २६ प्रतिशत थिए ।
FACEBOOK COMMENTS