काठमाडौं । नेपालले पहिलो टी२० खेलमा वेष्ट इण्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको छ ।
२०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । निर्धारित लक्ष्य पूरा गर्न कप्तान रोहित पौडेलको शतकीय इनिङ महत्वपूर्ण रह्यो ।
कप्तान रोहितल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले ।
नेपाललाई अन्तिम ६ बलमा जित्नलाई ९ रन चाहिएको थियो । सुरुवाती दुई बलमा ओशान थोमसले प्रतिश जीसी र गुल्सन झालाई एक÷एक रन दिएका थिए । तेस्रो बलमा गुल्सनले लङअफमा चौका हानेपछि ३ बलमा ३ रन चाहिएको थियो । उनले नै अर्को बलमा चौका हान्दै खेल जिताए ।
FACEBOOK COMMENTS