काडमाडौं । आजभोलि शून्य मौज्दातमै खाता खोल्न सकिने सुविधा बजारमा उपलब्ध छन् ।
बजारमा यस्तो सुविधा हुँदाहुँदै एनआईसी एशिया बैंकले भने ‘सर्वश्रेष्ठ बचत खाता’ नामको एक बचत योजना सञ्चालन गरिरहेको छ जसको लागि एक लाख रूपैयाँ मौज्दात राख्नु पर्छ ।
एनआईसी एशिया बैंक लगायतका बैंकमा शून्य मौज्दातमै खाता खोल्न सकिने सुविधा हुँदाहुँदै यस बैंकले भने किन ल्यायो त एक लाख रूपैयाँ मौज्दात राखेर खोल्नु पर्ने खाता ? के के सुविधा पाइन्छ यस खाताबाट ? अरु खाताभन्दा कसरी यो विशेष छ ?
धेरैको मनमा यो प्रश्न आउनु स्वभाविकै हो । यी प्रश्नको जवाफ पाउनको लागि यस खाताको विशेषता थाहा पाउनै पर्छ । त्यसो हो भने यस खातामा खास के के छन् ? के के हुन् त यसका विशेषताहरू ?
यो हो सुविधा सम्पन्न सर्वश्रेष्ठ बचत खाता । नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलो पटक ल्याइएको सुविधासम्पन्न यस खाताले ग्राहकमाझ सुविधा र सेवाहरूको क्रान्ति नै ल्याइदिएको छ ।

के–के छन् त यस खातामा सुविधाहरू ?

८४ लाखसम्मको बीमा

ग्राहकले एक लाख रूपैयाँ मौज्दात राखेर सर्वश्रेष्ठ बचत खाता खोलिसकेपछि ८४ लाख रूपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सकिन्छ । यति खाता खोलिसकेपछि दुर्घटना बीमा वापत ४० लाख रूपैयाँ, दीर्घ रोग उपचारको लागि ४० लाख रूपैयाँ र मेडिकल बीमा वापत ४ लाख रूपैयाँ उपलब्ध गराएको छ । मेडिकल बीमा ४ लाख रूपैयाँमध्ये ओपीडीको लागि ८० हजार रूपैयाँसम्म र अस्पताल भर्ना भएमा ३ लाख २० हजार रूपैयाँसम्म उपलब्ध हुनेछ ।
थप तीन जनालाई शून्य मौज्दातमै बीमा सुविधा
यस खाताको अर्को विशेष विशेषता भनेको एक जनाले एक लाख रूपैयाँ मौज्दात राखेर खाता खोलिसकेपछि थप ३ जनाले पनि बीमा सुविधा उपभोग गर्न सक्छन् । खातावालाले सर्वश्रेष्ठ बचत खाता खोलिसकेपछि अन्य तीन जनालाई सिफारिस गर्न सक्छन् । अर्थात्, खातावालाले तोकेका अन्य तीन जनालाई यस सर्वश्रेष्ठ बचत खातामा लिंक हुन्छन् । यसको लागि तीन जनाले बन्डल सहज बचत खाता खोल्नु पर्छ र यो खाता शून्य मौज्दातमै खोल्न सकिन्छ । अब चार जनाले प्रति व्यक्ति २१ लाख रूपैयाँका दरले पाँच वर्षसम्म यो बीमा सुविधा उपभोग गर्न सक्छन् ।
२०८० फागुणसम्ममा ६ हजार ३ सय ६१ जनाभन्दा धेरै ग्राहकले १४ करोड ३८ लाख १० हजार रूपैैंयाभन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् । जसमध्ये बैंकले घातक रोग बीमा वापत ३३ जनाले ३ करोड ५० लाख रूपैयाँ, दुर्घटना बीमा वापत २६ जनाले २ करोड ६० लाख रूपैयाँ र मेडिकल बीमा वापत ६ हजार ३ सय २ जनाले ८ करोड २८ लाख १० हजार रूपैयाँभन्दा बढी रकम ग्राहकलाई हस्तान्तरण गरिसकेको छ । बचत खातामा राखेको रकमबाट ब्याज पनि प्राप्त हुने र स्वास्थ्य उपचार गर्न वा भइपरी आउने घटनामा आर्थिक सहयोग हुने भए पछि ग्राहकहरू धेरै लावान्वित भएका छन् ।
पाँच वर्षसम्म निशुल्क डिजिटल तथा ट्रान्जेक्सन बैंकिङ्ग सुविधा
यस खाताको अर्को आकर्षक सुविधा भनेको डिजिटल र ट्रान्जेक्सन बैकिङ्ग सेवाहरू ५ वर्षसम्म निःशुल्क उपलब्ध प्राप्त गर्नु हो । यी सेवाहरूमध्ये अधिकांश पाँच वर्षको लागि निःशुल्क छन् भने कतिपयमा सत प्रतिशत छुट उपलब्ध गराइएको छ ।
डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड लिएका वा वार्षिक शुल्क, प्रिपेड डलर कार्ड, इ–कमर्श, चेक प्रोसेसिङ, आरटीजीएस, आइपीएस÷सीआईपीएस, एटीएमबाट नगद झिक्ने (स्वदेशी बैंक) र एटीएमबाट मौज्दात जाँच गरेको (स्वदेशी बैंकका वित्तीय संस्था) जस्ता सुविधाहरू पाँच वर्षको लागि निःशुल्क प्रयोग गर्न पाइन्छ ।
त्यस्तै, क्रेडिट कार्डमा आवद्ध भएको र जारी भएको शुल्क लाग्दैन । क्रेडिट कार्ड सीमा ५ लाख रूपैयाँसम्म रहेको छ । लकरको शुल्क पाँच वर्षको लागि सय प्रतिशत, लकर धरौटी रकम १०० प्रतिशत छुट ५ वर्षका लागि रहेको छ । विदेशी मुद्रा सटही गर्ने क्रममा केही विदेशी मुद्रा खरिद गर्दा २५ पैसा छुट (रिबेट) र बेच्दा २५ पैसा थप (प्रिमियम) प्राप्त गर्न सकिन्छ । यी सबै सुविधा तीन वटै खाताको लागि उपलब्ध रहेका छन् ।
सम्पत्ति अभिवृद्धि सुविधा
सर्वश्रेष्ठ बचत खाता खोलिसकेपछि शेयर कारोबारमा विभिन्न सुविधाहरू उपलब्ध हुन्छन् । जस्तो की डिम्याट खाता र मेरो शेयरको वार्षिक शुल्क पाँच वर्षको लागि निःशुल्क प्रयोग गर्न पाइन्छन् । त्यस्तै, पोर्टफोलियो म्यानेजमेन्ट सेवा शुल्कमा ५ वर्षको लागि ५० प्रतिशत छुट पाउनेछन् ।
कर्जासम्बन्धी फाइदाहरू
त्यस्तै, कर्जामा पनि विशेष सुविधा छन् । ग्राहकले आफ्ना खातामा ३ महिनासम्म उपलब्ध बचतको औसत बचतअनुसार रिटेल कर्जाको कुनै पनि प्रडक्टमा १० गुणासम्म कर्जा प्राप्त गर्न सक्नेछन् । यस्तो कर्जाको सीमामा आधार दरमा लाग्ने प्रिमियम शुल्क १ प्रतिशत र कर्जा प्रशासनिक शुल्क ०.२५ प्रतिशत रहेको छ ।
एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेले सर्वश्रेष्ठ बचत खाता बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट खाता भएको बताए । ‘यो खाताले ग्राहक महानुभावहरूलाई पाँच वर्षसम्मको लागि अनेक सुविधा र सेवाहरू उपलब्ध गराएको छ,’ सीईओ न्यौपानेले भने, ‘बीमा सुविधा, कर्जा, सम्पत्ति अभिवृद्धि, डिजिटल तथा ट्रान्जेक्सन सम्बन्धि सुविधाहरू उपलब्ध छन् ।’
बैंकले ल्याएको यिनै सुविधाका कारण आमनेपालीले सर्वश्रेष्ठ बचत खाता खोल्ने क्रम उच्चरूपमा बढिरहेको छ । बैंकले देशको ग्रामीण तथा दूरदराजमा रहेका आफ्ना लाखौं ग्राहकहरूलाई सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्ग सेवा दिन भनेर २०७८ कार्तिक १ देखि सर्वश्रेष्ठ बचत खाता सुविधा ल्याएको थियो ।
यो सँगै बैंकले सर्वश्रेष्ठ नारी बचत खाता, सर्वश्रेष्ठ जेष्ठ नागरिक बचत खाता, सर्वश्रेष्ठ मुद्धति खाता, सर्वश्रेष्ठ पेरोल बचत खाता, सर्वश्रेष्ठ सहज बचत खातालगायत खाताहरू पनि उपलब्ध छन् ।