काठमाडौं । जापानका विदेशमन्त्री कामिकावा योको वैशाख २३ गते नेपालको औपचारिक भ्रमणमा आउँदैछन् ।
उनी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेकी हुन् ।
भ्रमणका क्रममा विदेशमन्त्री कामिकावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विदेशमन्त्री कामिकावाले सोही दिन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग भेटघाट र द्विपक्षीय वार्ता गर्नेछिन् । जापानी विदेशमन्त्री सोही दिन काठमाडौँबाट प्रस्थान गर्नेछिन् ।
FACEBOOK COMMENTS