काठमाडौं,चैत ७ -कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु दुई साता बन्द हुने भएको छ ।
शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको ‘फुल कोट’ बैठकले अदालतहरु दुई साता बन्द गर्ने निर्णय गरेको हो ।
आगामी चैत २२ गतेसम्मका देशभरका अदालत बन्द गर्ने निर्णय भएको सर्वोच्च अदालतले जनाएको छ । यद्यपि, बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने कारवाही रोकिने छैन ।
FACEBOOK COMMENTS