काठमाडौं । नेपाली बजारमा आज पहेँलो धातु सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सोमबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यमा पनि १५ रुपैयाँको वृद्धि आएको छ । जस अनुसार आज चाँदी प्रतितोला एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन एक हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS