काठमाडौं । चर्चित गायिका तथा हट मोडल ज्योति मगरमाथि गत शनिबार जुम्ला महोत्सवमा ढुङ्गा प्रहार भयो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाले आयोजना गरेको महोत्सवमा ज्योतिको प्रस्तुति सुरू भएको केही समयमा नै स्टेजमै ढुङ्गा प्रहार भयो र सो घटनाबारेको समाचार हावासरी फैलियो । तर, घटना भएको दुई दिनपछि सोमबार फेसबुकमा एक स्टाटस लेख्दै उनले ढुङ्गा प्रहार आफूमाथि नभइ त्यहाँ खटिएका प्रहरीमाथि भएको प्रष्टीकरण दिएकी छिन् ।
सो कार्यक्रममा केही भिडिओ क्लिप्सहरू शेयर गर्दै उनले लेखेकी छिन्, ‘भएको के हो भने १० हजार भन्दा बढी मानिसहरू महोत्सवमा उपस्थित थिए । मैले गीत गाउँदै गर्दा दर्शकहरू नाच्न र झुम्न थाल्ने क्रममा त्यहाँ भएका साना– साना बच्चा र महिलाहरू च्यापिन थालेपछि प्रहरीहरू भीडमा घुसेर रोक्न खोज्दै लाठी चार्ज गर्नुभयो । नाच्न नपाएपछि केटाहरूले प्रहरीलाई ढुङ्गा हान्न थाले र एकछिन माहोल बिग्रेको हो । करिब आधा घन्टा म्युजिक अफ गरेपछि फेरि माहोल साम्य भयो र बाँकी गीत गाएर कार्यक्रम सकाइयो, भएको यत्ति हो ।’
तर, उनले आफूमाथि ढुङ्गा प्रहार भएको भए पनि खुसीसाथ स्वीकार गर्ने पनि बताएकी छिन् । बिनादर्शकको खाली चौरमा गएर गीत गआउनुभन्दा हजारौँको भीडमा गाउनु आफूलाई सन्तुष्टि मिल्नाका साथै गीतसङ्गीतको समेत सम्मान हुने तर्क गर्दै उनले पैसा तिरेर आफूलाई हेर्न हजारौँ मानिस आउनु खुसीको कुरा भएको बताएकी छिन् ।
‘यदि ममाथि ढुङ्गामुढा भभएको भए पनि म त खुसी नै हुन्थेँ,’ उनले भनेकी छिन्, ‘बिनादर्शकको खाली चौरमा गीत गाउनु पो अपमान हो १० हजार भन्दा बढी दर्शकले पैसा तिरेर मलाइ हेर्न आउँछ भने त म त खुसी खुसी ढुङ्गा नि खाइदिने हो ।’
दर्शकले ‘ढुङ्गा हानेर लखेट्नु’ भनेको कलाकार सहभागी कार्यक्रममा चार जना पनि दर्शक नहुनु हो भन्दै उनले आफ्ना समकक्षीहरूमाथि पनि तीखो कटाक्ष गरेकी छिन् । ‘कार्यक्रम भब्य र सभ्य भयो भन्ने तर चौरमा चार जना पनि दर्शक नहुनुलाई भन्छ दर्शकले लखेटेको भनेर, लखेट्नुलाई ढुङ्गा हान्नु पर्दैन उसको कार्यक्रम नै नहेरर इग्नोर गर्नु नै मनदेखि बिरोध गर्नु लखेट्नु हो,’ उनले भनेकी छिन्, ‘अहिले आइरहेको समाचार मलाई घृणा गर्नेहरूले फैल्याइरहेको भ्रम हो । उनीहरूले अरु त केही गर्न सक्दैन भ्रम फैल्याउने र भ्रम मै रमाउने हुन बिचराहरू ।’
आफ्नो कामको रिस गर्ने केही कलाकार, ज्ञानेन्द्र शाहीका ‘भक्तहरू’, स्वघोषित समाजसेवीहरू र सामाजिक सञ्जालमा जे देख्यो त्यही पत्याउने निर्दोषहरूले आफ्नो विरोध गरिरहेको उनको बुझाई छ । उनले आफूलाई लखेट्नु छ भने आफू सहभागी कार्यक्रमहरूमा टिकट काटेर आउन पनि चुनौती दिएकी छिन् ।
मदिरा सेवन गरेका व्यक्तिले कलाकार मगरमाथि ढुङ्गा र माटो टिपेर स्टेजमा प्रहार गरेको पाइएको प्रहरीले बताएको छ । त्यहाँ उनलाई अपशब्द समेत बोलिएको थियो । यस्तो गतिविधि गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय जुम्लामा राखिएको थियो ।
FACEBOOK COMMENTS