काठमाडौं । ललितपुरको पुल्चोकस्थित निदान हस्पिटलमा घरधनीले ताल्चा लगाएका छन् ।
विगत एक वर्ष भन्दा बढी समयदेखि घर भाडा नतिरेपछि अस्पताल रहेको घरका घरधनीले सूचना टाँसेर हस्पिटलमा ताला लगाएका हुन् ।
लामो समयदेखि घरको भाडा नतिरेको र भाडा तिर्नका लागि पटक–पटक ताकेता गर्दा पनि हस्पिटलका सञ्चालक सम्पर्कमा नआएपछि घरधनी मिना श्रेष्ठले वैशाख २० गते नै सो हस्पिटलमा ताल्चा लगाएकी हुन् । श्रेष्ठका अनुसार अस्पिटलले २०७९ फागुनदेखि भाडा तिरेको छैन ।
हस्पिटलमा ताल्चा लागेर बन्द भएपछि त्यहाँ उपचाररत बिरामी अन्यत्र सारिए पनि कार्यरत डाक्टर तथा कर्मचारीहरूले पारिश्रमिक पाएका छैनन् । यद्यपि, घरधनीले अस्पतालमा ताला लगाउनुभन्दा अघि नै स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले काम छाडेको बताइएको छ ।
FACEBOOK COMMENTS