काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) तथा महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित तीन जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा परेको छ ।
प्राणमञ्च डटकमका प्रधानसम्पादक पदमप्रसाद पोखरेललले उनीहरूविरुद्ध जिल्ला अदालतमा कुटपिट र लुटपाटको मुद्दा दायर गरेका हुन् ।
पोखरेलले मेयर शाह, नगर प्रहरी प्रमुख पाण्डे र महानगर प्रहरीका एसपी मनोज लामिछानेविरुद्ध मुद्दा दायर गरेको बताएका छन् । रिपोर्टिङका क्रममा महानगर प्रहरीले आफूमाथि कुटपिट र लुटपाट गरेकाले मुद्दा दायर गरिएको उनको भनाइ छ ।
गत फागुन १६ मा फुटपाथ व्यापारी र महानगर प्रहरीबीच भएको झडपको रिपोर्टिङका क्रममा आफूमाथि कुटपिट भएको पोखरेलको दाबी छ । क्यामेरा, ल्यापटप तथा अन्य केही सामग्री पनि महानगरले जफत गरेको उनले जानकारी दिए ।
FACEBOOK COMMENTS