काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।
मौैदिक नीतिको त्रैमासिक समीक्षा अनुसार चालु आर्थिक वर्षको नौ महिनासम्म आइपुग्दा नेपालको मुद्रास्फीतिमा उल्लेख्य सुधार भएको छ । २०८० चैतमा वार्षिक बिन्दुगत आधारमा खाद्यान्न समूहको मूल्यवृद्धि ५.२१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४.१४ प्रतिशत रही समग्र उपभोक्ता मुद्रास्फीति ४.६१ प्रतिशत कायम रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो समूहको मूल्य वृद्धि क्रमशः ६.९३ प्रतिशत र ८.४२ प्रतिशत रही समग्र उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत कायम रहेको थियो । साथै, २०८० चैतमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.९४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.५९ प्रतिशत रहेको थियो ।
समीक्षाको पूर्णपाठ पढ्नुहोस्–
Monetary-Policy-2080-81-3rd-Quarter-Review
FACEBOOK COMMENTS