काठमाडौं । एशियन पेन्ट्स नेपालले कलर नेक्स्ट २०२४ को सफलतापूर्वक आयोजना गरेको छ ।
जसमा सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाललगायतका संस्थाबाट प्रख्यात आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूको सहभागिता रहेको थियो ।
एशियन पेन्ट्सले वार्षिक रूपमा कलर नेक्स्ट आयोजना गर्दै आएको छ, जसले विश्वव्यापी, सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरूको अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गर्न योगदान पुर्याउँदै आएको छ ।
कार्यक्रमका सहभागीहरूले विशेषज्ञ अन्तर्वार्ता, संयुक्त कार्यशालाहरूका साथै अनुसन्धानमार्फत डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्तिहरू पत्ता लगाएका छन् ।
हिजो बिहीबार ह्यात रिजेन्सी होटेलमा आयोजित कलर नेक्स्ट २०२४ कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका सीईओ प्रज्ञान कुमारले स्वागत मन्तव्यबाट आरम्भ गरेको कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका रिजनल हेड सिरीश राव र एशियन पेन्ट्स नेपालका कन्ट्री हेड गोपालकृष्णनद्वारा संक्षिप्त प्रस्तुति गरिएको थियो । जसमा आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूसँग एशियन पेन्ट्सको सहकार्यलाई जोड दिइएको थियो । कार्यक्रमको मुख्य आकर्षणको रुपमा यस वर्षका लागि चार प्रवृत्तिहरू घोषणा गरिएको थियो ।
FACEBOOK COMMENTS