काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौंको कपनमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ ।
बूढानीलकण्ठ नगरपालिका–१०, कपनमा रहेका दुईवटा शाखामध्ये रुद्रमती चोकको शाखा सोही नगरपालिकाको वडा न. १२ स्थित फैकामा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको रुद्रमती चोकको शाखाका ग्राहकहरुले कपनकै पञ्चकन्या चोकमा रहेको अर्को शाखामार्फत सेवा लिन सकिने बैंकले जनाएको छ।
स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।
साथै, आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न बैंकले बर्दिबासमा रहेका आफ्ना दुईवटा शाखा गाभेर साविक सनराइज बैंकको शाखा रहेको स्थान औरही चोक (हालको स्थानभन्दा २०० मिटर पश्चिमतर्फ), बर्दिबास नगरपालिका–१, महोत्तरीबाट संयुक्त कारोबार सुरू गरेको पनि बैंकले जनाएको छ ।
लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५५ वटा शाखा, ३१९ वटा एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १२९ वटा शाखारहित बैंकिङ्ग एजेन्ट रहेका छन् ।
FACEBOOK COMMENTS