काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ ।
हिजो बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा नै दुई हजार ३०० रुपैयाँले वृद्धि भएको छ ।
बुधबार प्रतितोला एक लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ४० हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।
यसतै, तेजाबी सुनको मूल्य एक लाख ३९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि हिजो बुधबार प्रतितोला एक लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । बुधबार एक हजार ९३० मा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार ९०० रुपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
FACEBOOK COMMENTS