काठमाडौं,चैत १४- कोरोना भाइरसका कारण निम्तिएको कोभिड–१९ को संक्रमण विश्वका एक सय ९९ देश फैलिसकेको छ । यस महामारीबाट हाल सम्म २४ हजार ७३ जनाले ज्यान गुमाइसकेका छन् भने यसको संक्रमितको संख्या ३ लाख ३१ हजार ८०४ पुगी सकेको छ । संक्रमित मध्य एक लाख २३ हजार ९४२ जना निको भएर घर पर्किएका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै विश्वभर २ हजार ७ सय ८८ जनाले कोरोनो भाइरसका कारण ज्यान गुमाएका छन् ।
कोरोनाको कारण सबैभन्दा बढी मानवीय क्षती इटालीमा भएको छ । इटलीमा पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको संख्या ७ सय १२ पुगेको छ । इटलीमा हालसम्म ८ हजार २ सय १५ जनाले ज्यान गुमाएका छन् । इटलीमा ६ हजार २ सय ३ नयाँ संक्रमित थपिएसँगै त्यहाँ कूल संक्रमितको संख्या ८० हजार पुगेको छ । तीमध्ये ३ हजार ६ सय १२ जनाको अवस्था गम्भीर छ । यद्यपि, १० हजार ३ सय ६१ जना निको भएका छन् ।
इटाली पछि सबै भन्दा मानवीय क्षती स्पेनमा भएको छ । स्पेनमा हाल सम्म ४ हजार ३ सय ६५ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा स्पेनमा ७ सय १८ को मृत्यु भएको छ । यहाँ ८ हजार २ सय ७१ नयाँ संक्रमित थपिएसँगै त्यहाँ कूल संक्रमितको संख्या ५७ हजार ७ सय ८६ पुगेको छ । तीमध्ये ३ हजार १ सय ६६ जनाको स्थिती गम्भीर छ । यहाँ ७ हजार १५ जना निको पनि भएका छन् ।
यस्तै चीनमा ८१ हजार ३ सय ४०संक्रमित रहेकोमा ३ हजार २ सय ९० जनाको मृत्यु भएको छ । चीनमा ५५ जना नयाँ संक्रमित फेला परेका छन् ।
FACEBOOK COMMENTS