काठमाडौं, चैत १९ – स्वास्थ्यमन्त्री भानुभक्त ढकाल विरुद्ध उजुरी परेको छ । विवेकशील नेपाली दलका नेता रमेश पौड्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मन्त्री भानुभक्त ढकाल विरुद्ध उजुरी दिएका हुन् ।
बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको देखिएको भन्दै उजुरी परेको हो । अख्तियारको वेबसाइट मार्फत उजुरी दिएका पौड्यालले अख्तियारका प्रवक्तासँग उजुरी दर्ता भएको जानकारी समेत लिइसकेका छन् ।
FACEBOOK COMMENTS