काठमाडौं । नेपाल महिला चेम्बरको प्रायोजनमा काठमाडौंमा ‘नेपाल जहाँ संस्कृति जीवित हुन्छ’ नाराका साथ एक भव्य ‘कल्चर फेस्टा’ आयोजना गरिएको छ ।
आयोजक लि–डिभाइन र पेजेन्ट नेपालको सँगको सहकार्यमा हिजो बिहीबार होटेल र्याडिसनमा सो कार्यक्रम आयोजना गरिएको हो ।
प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रम जीवन्त सांस्कृतिक कार्यक्रम भएको आयोजकले बताएको छ । कार्यक्रममा नेपाली चलचित्रका नायक भुवन केसी र बलिउडकी लोकप्रिय अभिनेत्री जया प्रदाको विशेष उपस्थिति थियो । अभिनेत्री जया भारतको चलचित्र उद्योग र राजनीतिमा सफल व्यक्तिका रूपमा परिचित छिन् ।
कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरूलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, महिला चेम्बरकी सभापति उर्मिला श्रेष्ठलगायतले स्वागत गरेका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थाहरूलाई छैठौँ संस्करणको इन्टरनेशनल एक्सिलेन्स अवार्ड, २०२४ समेत वितरण गरिएको थियो ।
कार्यक्रमले नेपालको जीवन्त सांस्कृतिक सम्पदाको सम्वर्द्धन र प्रवर्द्धन गर्दै विश्वलाई हृदयमा स्वागत गर्ने विश्वास आयोजकको छ । कार्यक्रमले संस्कृतिलाई मनाउने मात्र नभई आ–आफ्नो क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका व्यक्तिहरूलाई चिन्ने र सम्मान गर्ने प्लेटफर्मको रूपमा पनि काम गरेको जानकारी दिइयो ।
हेरौँ केही तस्बिरहरू–
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS