पछिल्लो तथ्यांक अनुसार यस महामारीका कारण ५२ हजार ९ सय ८२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धेरै बृद्धबृद्धा र दिर्घरोगी रहेका छन् । विश्वभर हालसम्म यस महामारीका कारण १० लाख १४ हजार दुई सय ९६ जना संक्रमित भएका छन भने संक्रमित मध्य दुई लाख १२ हजार १८ जना उपचारपछि निको भएर घर गइसकेका छन ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै फ्रान्समा एक हजार ३ सय ५५ जनाको ज्यान गएको छ । योसँगै फ्रान्समा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ हजार ३ सय ८७ पुगेको छ । फ्रान्समा कोरोना संक्रमित ५९ हजार १ सय ५, जना पुगेका छन ।
त्यसै गरी पछिल्लो २४ घण्टामा स्पेनमा ज्यान गुमाउनेको संख्या ९ सय ६१ पुगेको छ । त्यहाँ हाल सम्म १० हजार ३ सय ४८ जनाले ज्यान गुमाइसकेका छन । स्पेनमा पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ४७ नयाँ संक्रमित थपिएसँगै कुल संक्रमित हुनेको संख्या एक लाख १२ हजार ६५ पुगेको छ । छिमेकि देश भारतमा समेत यो रोगको रफ्तार बढ्दै गएको छ । सरकारी तथ्याकं अनुसार २५ सय जना सक्रमीत भेटि सकेको छ । भने चाईनामा फेरि यस रोगको सक्रमण शरु भएको छ । त्यस्तै नेपालमा पनि ६ जाना भेटि सकेको छ । यौटै प्लेनमा यात्रा गरेर आएको ३ जनालाई कोरोना पुष्टी भएपछी त्यस प्लेनमा यात्रा गरेर नभेटिएका १८ जनाको खोजि तिब्र बनाइएको छ ।
यसकारण नेपाल पनि उच्च जोखिम रहेको छ । तर नेपालका बुद्धिजिवि वर्ग र ब्यवसायीहरु नै यस रोग वाट चरम लापर्वाही गरीरहेका छन् ।
नेपाल उद्योग वाणिज्य संघ प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठ भन्छन् । ब्यवासायीहरुको परेको बेलामा सहयोग गर्ने वानिले नै नेपालमा ब्यवसायीहरुको जनतामा छुट्टै ईमेज बनाएको छ । तर अहिले प्राकृतिक प्रकोप भन्दा पनि रोगको प्रकोप हो । त्यसैले यो महामारीमा विना सुरक्षा राहत वितरण गर्नु आफ्नै ज्यानको सुरक्षा नगर्नु हो । उनका अनुसार राहतलाई एकद्धार प्रणालि बनाई सुरक्षित तवर वाट वितरण गर्नुपर्छ ।
कोरोनाको भय किन छैन ?
जव चाईनामा कोरोनाले महामरीको रुपलिएको थियो । त्यस बखत युरोप अमेरीका रंगीन दुनियामा थिए । अलिकता साबधानी मात्र गरेको भए पनि अहिलेको अवस्था आउने थिएन । विश्व स्वाथ्य संगठनले अमेरीकामा मात्र २ लाख जनताको यो महामारी बाट मृत्यु हुने अुनुमान लगाएको छ । यसको असर नेपालमा पनि बर्ष भरी रहने देखिन्छ । विश्व स्वाथ्य संगठनका अनुसार अब आउने पुष माघमा यसको सक्रमण नेपालमा इटालीको जस्तैहुन सक्छ । त्यसकारण नेपाल र दक्षिण एसीयाका देशहरु चनाखो र सावधानी अप्नाउन जरुरी छ ।
FACEBOOK COMMENTS