काठमाडौं । सोमबार मध्यरातमा नेकपा एमालेसँग समझदारी गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।
एमालेसँग नयाँ सरकार गठन गर्ने सहमति गरेसँगै देउवाले आज बिहान ९ बजे निजी निवास बूढानीलकण्ठमा पदाधिकारीहरूलाई छलफलका लागि बोलाएका हुन् ।
एमाले र कांग्रेसबिच पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ ।
सहमतिमा कुन पार्टीले कति मन्त्रालय लिनेदेखि प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषय उल्लेख रहेका छन् । एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व भने मधेसवादी दललाई नै दिने सहमति भएको छ ।
FACEBOOK COMMENTS