काठमाडौं । नेकपा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने कांग्रेस–एमालेबीचको सहमतिलाई सहयोग नपुर्याएको भन्दै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । राष्ट्रिय सरकार निर्माणमा सहयोग पुर्याउन प्रधानमन्त्रीलाई एमालेले मार्गप्रशस्त गर्न अनुरोध गरेको थियो । तर, उनले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने बताएपछि समर्थन फिर्ता लिने निर्णयमा एमाले पुगेको हो ।
प्रधानमन्त्री प्रचण्डलाई भेटेरै समर्थन फिर्ता लिने र मन्त्रीहरु फिर्ता हुने तयारी एमालेले गरेको छ । पार्टीको निर्णयसँगै अहिले एमालेका मन्त्रीहरू केपी ओलीको निवास बालकोटमा पुगेका छन् । बालकोटबाट उनीहरू बालुवाटार जाने तयारीमा छन् ।
एमालेले समर्थन फिर्ता लिएसँगै प्रचण्डको सरकार अल्पमतमा परेको छ भने नौ वर्षदेखि कुनै न कुनै रूपमा सत्ताको नेतृत्व गर्दै र सत्तापक्ष रहँदै आएको माओवादी अब भने प्रतिपक्षतिर धकेलिएको छ । माओवादी २०७५ असोजदेखि बीचमा केही महिनाबाहेक हालसम्म सत्तापक्ष बन्दै आएको पार्टी हो । उसले अहिले पनि सहज रूपमा सत्ता नछोडेर आफ्नो आयु लम्ब्याउने प्रपञ्च रचिरहेको देखिन्छ ।
कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने लोसपाको निर्णय
केपी ओली नेतृत्वको अब बन्ने सरकारमा माओवादीका सांसदहरु पनि सम्मिलित हुनेछन् : शेरबहादुर तामाङ
प्रचण्डले राजीनामा दिन अस्वीकार गरेपछि एमालेले गर्यो ‘सवक सिकाउने’ निर्णय
FACEBOOK COMMENTS