राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेटवार्ता गरेका छन्।
राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार अपराह्न राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले हालै सम्पन्न भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका छन्।
यससँगै राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
आजै रास्वपा सभापति रवि लामिछानेले पनि राष्ट्रपतिसँग छलफल गरेका थिए । भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री शाहले राष्ट्रपतिसँग परामर्श नगरेको विषयमा आलोचना भइरहेको थियो ।
प्रधानमन्त्री भएपछि बालेनले दोस्रोपटक राष्ट्रपति पाैडेलसँग भेटवार्ता गरेका हुन् । यसअघि उनले तराईमा दंगा मच्चिएपछि राष्ट्रपतिसँग संवाद गरेका थिए ।
