काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले बिक्री लक्ष्य पूरा गर्ने उत्कृष्ट डिलरलाई मुक्तिनाथ दर्शन गराएको छ। कम्पनीले आफ्ना डिलरका लागि आयोजना गरेको ‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ सम्पन्न गरेको हो।
गत जेठ र असारमा सञ्चालन गरिएको विशेष डिलर प्रोत्साहन योजनाअन्तर्गत निर्धारित बिक्री लक्ष्य हासिल गर्न सफल डिलरलाई यात्रामा सहभागी गराइएको कम्पनीले जनाएको छ।
तीनदिने यात्राका क्रममा सहभागी डिलरहरूले मुक्तिनाथ, कागबेनीलगायत धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गरेका थिए। यात्रामार्फत डिलरलाई प्रोत्साहन गर्नुका साथै उनीहरूसँगको व्यावसायिक सम्बन्धलाई थप आत्मीय र विश्वासपूर्ण बनाउने उद्देश्य राखिएको कम्पनीको भनाइ छ।
कम्पनीले डिलरलाई आफ्नो उत्पादन उपभोक्तासम्म पुर्याउने महत्त्वपूर्ण व्यावसायिक साझेदारका रूपमा लिँदै आएको जनाएको छ। उनीहरूको योगदानको सम्मान र सहकार्य सुदृढ गर्न यस्ता प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको पनि कम्पनीले उल्लेख गरेको छ।
अर्घाखाँची सिमेन्टका अनुसार कम्पनीको वार्षिक उत्पादन क्षमता १० लाख टन छ। कम्पनीले डेनिस भर्टिकल रोलर मिल र वेस्ट हिट रिकभरी प्रणालीजस्ता प्रविधि प्रयोग गर्दै उत्पादन तथा ऊर्जा दक्षता बढाउने काम गरिरहेको छ। धुलो नियन्त्रणका लागि इलेक्ट्रोस्ट्याटिक प्रिसिपिटेटर प्रणाली पनि प्रयोग गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले आगामी दिनमा पनि डिलर तथा अन्य व्यावसायिक साझेदारसँगको सम्बन्धलाई प्राथमिकता दिँदै सहकार्य र प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
