काठमाडौं । एभरेस्ट हस्पिटलले थप नयाँ सेवा विस्तार गर्ने भएको छ । हस्पिटलले रक्त सञ्चार सेवा सञ्चालनमा ल्याएको छ।
हस्पिटलले ल्याएको थप नयाँ सेवामा ब्लड बैंक, हेमोडायलाइसिस, दन्त विभाग, नेत्र विभाग र एनआइसीयु सेवा सन्चालनमा ल्याएको हो ।
्थप नयाँ सेवा सुरु भएको अवसरमा अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
निः शुल्क स्वास्थ शिविरमा मिर्गौलाजाँच, निशुल्क सुगर, युरिया र क्रियाटिनिन जाँच, तथा १५० जनालाई निशुल्क सेनेटरी प्याड वितरण, १५० जनालाई १०० रुपैयामा अल्ट्रासाउण्ड सेवा, निस्शुल्क दन्त परीक्षण, निशुल्क आँखा जाँच लगायत सेवा प्रदान गरेको अस्पतालका निर्देशक दीपक चन्द्र बरालले बताए ।
उनले अस्पतालमा स्थापना गरिएको रक्तसञ्चार केन्द्रमा ८०० युनिटसम्म रगत भण्डार गर्ने क्षमता रहेको बताउदै पहिलो पटक डायलाइसिसको लागि नाम टिपाउने १० जना बिरामीलाई निःशुल्क डायलाइसिस सेवा दिइने समेत बताए ।
FACEBOOK COMMENTS