काठमाडौं । सरकारले २१ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार २८ दिन, ९१ दिन र १ वर्षको ट्रेजरी बिल नवीकरण गर्न लागिएको हो । असार २५ गते जारी हुने ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । ट्रेजरी बिल साउन २२ गते परिपक्व हुनेछ । ९१ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो ।
यो ट्रेजरी बिल असोज २२ गते परिपक्व हुनेछ । १ वर्षको लागि ८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी बिल २०८२ असार २४ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिने छ ।
FACEBOOK COMMENTS