काठमाडौं । आज नागरिक लगानी कोषको २९ औं वार्षिक साधारण सभा बोलाइएको छ ।
कोषले गत वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव आज बस्ने सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका विषयमा छलफल गर्ने प्रस्ताव रहेको छ । सभाले आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले सभा प्रयोजनका लागि कम्पनीले असार २० गते बुक क्लोज गरेको छ ।
असार १९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र लाभांश पाउनेछन् । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
FACEBOOK COMMENTS