काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी गत आर्थिक वर्ष २०८०/८१ मा १९ अर्ब २२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
कम्पनीले कुल बीमा शुल्क तर्फ १६.९८ प्रतितशतले सुधार गरेको छ ।
अघिल्लो वर्षको यहि अवधिमा कम्पनीले १६ अर्ब ४३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
नविकरण बीमा शुल्क आर्जन तर्फ पनि कम्पनीले १४ अर्ब १७ करोड रुपैयाँ संकलन गरेको छ । गत वर्ष भन्दा १२.९१ प्रतिशतले सुधार गरेको हो । अघिल्लो वर्ष १२ अर्ब ५५ करोड थियो ।
नेशनल लाइफ सर्वाधिक धेरै प्रथम बीमा शुल्क आर्जनमा आक्रामक देखिएको छ । कम्पनीले समीक्षा अवधिमा ३०.४९ प्रतिशतले प्रथम बीमा शुल्क आर्जन बढाउन सफल भएको हो ।
कम्पनीले गत वर्ष ५ अर्ब ५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३ अर्ब ८७ करोड रुपैयाँ आर्जन गरेको थियो ।
कम्पनीमा अहिले १५ हजार ६८२ जना सक्रिय अभिकर्ता रहेका छन् ।
FACEBOOK COMMENTS