काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज २ दशमलव १५ अंकले बढेको छ । यो सँगै परिसूचक २ हजार ४ सय ८८ दशमलव ०९ विन्दुमा पुगेको छ ।
आज ३ सय ९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७ सय ११ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार ४ सय ४० रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ०८ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव १९ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव १९ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ४८ प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS