काठमाडौं । सानिमा बैंकका ग्राहकहरुलाई बुद्ध एयरले विशेष छुट दिने भएको छ ।
अब बैंकका ग्राहकले बुद्ध एयरको सेवा लिने क्रममा डिजिटल बैंकिङका माध्यम प्रयोग गर्दा ८ प्रतिशत छुट पाउने छन् ।
बैंकको भिसा डेबिटरक्रेडिट कार्ड प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा बुद्ध एयरको टिकटमा यस्तो सुविधा पाउने भएका हुन् । छुटका लागि ग्राहकहरुले बुद्ध एयरको कार्यालय वा एयरपोर्टको काउन्टरबाट भुक्तानी गर्नुपर्नेछ ।
बैंकले ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।
FACEBOOK COMMENTS