काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म कालिन्चोक दर्शनले २ करोड ६६ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको छ ।
जुन नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ७.७५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा २ करोड ४७ लाख ४९ हजार रुपैयाँ नाफा रहेको थियो ।
कम्पनीको सञ्चालन आम्दानी २२.३२ प्रतिशतले बढेर ८ करोड १५ लाख रुपैयाँ पुगेको छ ।
५९ करोड ४३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भ कोषमा ७७ लाख ७३ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५३ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ७५ पैसा छ ।
FACEBOOK COMMENTS