काठमाडौं । एनआईसी एशिया बैंकले भदौ महिनाको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैकले साउनको तुलनामा भदौमा ब्याजदर घटाएको छ ।
भदौमा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.४१ प्रतिशत र व्यक्तिगततर्फ ७.४१ प्रतिशतसम्म ब्याज दिने भएको छ ।
साउनमा संस्थागततर्फ ६.५३ प्रतिशत र व्यक्तिगततर्फ ७.५३ प्रतिशत ब्याज दिएको थियो । साधारण बचत खातामा ३.४१ प्रतिशतदेखि अधिकतम ५.४१ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।
FACEBOOK COMMENTS