काठमाडौँ । नेपालले आईसीसी १९ वर्षमुनि (यू-१९) विश्वकप क्रिकेट एसिया छनोट-२०२५ को आयोजना गर्ने भएको छ ।
आगामी अप्रिल १२ देखि २१ तारिखसम्म हुने उक्त छनोट प्रतियोगिताको आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
क्यानका अनुसार छनोट प्रतियोगितामा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् ।
छनोट खेलमा विजयी हुने टोलीले सन् २०२६ मा आयोजना हुने आईसीसी यू-१९ पुरूष विश्वकपमा प्रतिस्पर्धा गर्नेछ ।
FACEBOOK COMMENTS