काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् ।
आफ्ना भारतीय समकक्षी विदेशमन्त्री डा. एस जयशंकरको निमन्त्रणामा भारतको पाँचदिने भ्रमणका लागि मन्त्री राणा आइतबार बिहान साढे ११ बजे नयाँ दिल्ली प्रस्थान गरेकी हुन् ।
मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्साललगायतले बिदाइ गरे ।
परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि राणाको यो पहिलो विदेश भ्रमण हो । भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
उक्त भेटवार्तामा दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा छलफल हुनेछ ।
मन्त्री राणाको भ्रमणदलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत छन् ।
परराष्ट्रमन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कनेछिन् ।
FACEBOOK COMMENTS