सुनदह! तिम्रो बयान गर्न म असमर्थ छु।
तिमिलाई हेर्दा लाग्यो,
म त्यो बादल हुन पर्ने–
जो तिम्रो सामिप्यताको लालचमा तिमी सङ्ग
लुकामारी खेल्न घरि घरि आईरहन्छ।
म त्यो ढुङ्गेनि खागर हुन पर्ने–
जो तिम्रो सुन्दरताले कायल बनि
हलचल नगरि निरन्तर तिमिलाई हेरिरहन्छ।
म त्यो बतास हुन पर्ने–
जो तिमिलाई छुन मात्र पनि कयौं डाडाँ काँडा नाघि आउछ, र
तिमी भित्र ति तरङ्ग पैदा गर्छ।
म त्यो फराकिलो गगन हुन पर्ने–
जसले तिमिमा आफ्नो अनेक प्रतिविम्ब हेर्ने
सौभाग्य पाएको छ।
म त्यो तिमिलाई सजाउने फुल हुन पर्ने–
जसले तिम्रो काखको न्यानो आभाष पाएको छ।
ओ सुनदह !
तिम्रो बयान गर्न म असमर्थ छु।
कविता र तस्बिरहरु जून घर्तीमगरको फेसबुकबाट
FACEBOOK COMMENTS