काठमाडौं । माइतीघर मण्डलामा एमाले नेता महेश बस्नेतकी पत्नी अम्बिका र शोभा पाठकबीच घमासान परेको छ । भिडन्त छुट्याएर प्रहरीले अम्बिकासहित केही महिलालाई नियन्त्रणमा लिएको छ । घटना आज दिउँसो १२ बजेतिरको हो ।
शोभा पाठक, रस्मिला धामी लगायतका युवतीहरू माइतीघरमा सुधन गुरुङलाई पुनर्वहाली गर्नुपर्ने भन्दै धर्नामा बसिरहेका थिए ।
सोही क्रममा अम्बिका दलबलसहित आएर उनीहरूमाथि झम्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसपछि दुईजनाबीच घम्साघम्सी चलेको थियो ।
प्रहरीले आएर उनीहरूलाई छुट्यायो र अम्बिका लगायतका महिलालाई लिएर हिँड्यो । घटनाको थप विवरण आउन बाँकी छ ।
