राकुटेन भाइबर र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले विपद्सम्बन्धी सूचना सम्प्रेषण गर्ने उद्देश्यले ‘च्यानल’ सुरू गर्न साझेदारी गरेका छन् ।
यस साझेदारीमार्फत् विपद् सम्बन्धी जनचेतना अभिवृद्धि गर्न तथा आपतकालीन तयारीलाई प्रभावकारी बनाउन दुवै संस्थाले प्रतिबद्धता जनाएका छन् । भाइबरमा सिर्जना गरिएको विपद् सूचना (एनडिआरआरएमए) च्यानलले प्राकृतिक प्रकोपको समयमा प्रयोगकर्ताहरूलाई सूचना तथा जानकारीहरू उपलब्ध गराउनुका साथै अन्य सुविधा पनि प्रदान गर्नेछ ।
यसमा प्रयोगकर्ताहरूले रियल–टाइम अलर्ट, समाचार र आवश्यक सुरक्षा दिशानिर्देशहरू प्राप्त गर्नेछन्। यसले प्रयोगकर्तालाई मनसुन अवधिमा आइपर्ने बाढी, पहिरो, भारी वर्षाजस्ता आपतकालीन अवस्थामा पूर्वतयारी गर्न एवं सावधान रहन मद्दत पुग्ने विश्वास गरिएको छ ।
यो च्यानलमार्फत् प्रयोगकर्ताहरूले समयमै र आधिकारिक जानकारी प्राप्त गर्ने हुँदा आफू र आफ्ना परिवारलाई सुरक्षित राख्न उपयुक्त निर्णयहरू लिन सक्ने हुनाले यो च्यानल स्थानीय समुदायका लागि पनि महत्त्वपूर्ण स्रोत हुने अपेक्षा गरिएको छ । हाल जनसंख्याको उल्लेख्य हिस्सामा स्मार्टफोन र इन्टरनेटको सुविधा पुगेको र न्यू मिडियाप्रति धेरैको अभिरुचि भएका कारण पनि यो नवीन सञ्चार विधि पनि भरपर्दो हुन सक्ने विश्वास गरिएको छ ।
नयाँ च्यानलको उपयोगिता र प्रभावकारिताका सन्दर्भमा भाइबर र (एनडिआरआरएमए) ले हालै गृह मन्त्रालय, राष्ट्रिय आपतकालीन कार्यसंचालन केन्द्र, केही प्रतिनिधिभूलक जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि र स्वयंसेवकहरूबीच ’सिमुलेशन’ सञ्चालन गरेका छन्। उक्त अभ्यासले आपतकालीन समयमा भाइबरको प्रयोगले सूचना आदानप्रदानमार्फत् प्रतिकार्यलाई समेत द्रुत र प्रभावकारी बनाउन सकिने देखाएको छ ।
गृह मन्त्रालयका विपद व्यवस्थापन महाशाखा प्रमुख डा भीष्मकुमार भूसालका अनुसार “यस्ता सिमुलेशन/अभ्यासहरूले हाम्रा विभाग र कार्यालयहरूबीचको सञ्चारलाई कम खर्चिलो र अझ प्रभावकारी बनाउनुका साथै रेस्पोन्स गर्ने समयलाई अझै छिटो र छरितो पनि बनाउँछ।” राकुटेन भाइबरमा एपाकका डाईरेकटर डेविड चेले यस सहकार्यबाट उत्साहित हुँदै भने, “ (एनडिआरआरएमए) सँगको यो साझेदारी नेपालमा सार्वजनिक सुरक्षा अभिवृद्धि गर्ने दिशामा कदम हो ।
FACEBOOK COMMENTS