काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार २ सय रुपैयाँ कायम भएको हो ।
महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य पनि कीर्तिमानी मूल्य भएकोमा बिहीबार पनि थप बढ्दै नयाँ रेकर्ड कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य भने घटेको छ । बुधवार तोलामा १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको हो ।
FACEBOOK COMMENTS