काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले छैटौ बार्षिकोत्सवमा लगानी दशक सफल बनाउने जिम्मेवारी, सार्वजनिक निजी सहकारीको साझेदारी बहस गरेको छ ।
र्काक्रममा कम्पनीले कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषकको आयस्तर वृद्धि गर्न निजी क्षेत्र र सहकारीको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे । निजी क्षेत्रको लगानी आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।
रैथाने खाद्यान्नको प्रवर्धन, रसायनिक विषादीको प्रयोग न्यूनीकरण गरी स्वच्छ उत्पादन, अनुदान प्रणालीलाई व्यवस्थित र संस्थागत, चक्लाबन्दी र सामूहिक खेतीको प्रवर्धनलाई सरकारले मुख्य प्राथमिकतामा राखेको उनको भनाइ छ ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. जयबहादुर टण्डनले निजी क्षेत्रको लगानीलाई आकर्षण गर्न बलियो नियमनकारी निकाय आवश्यक रहेको औंल्याए ।
कार्यक्रममा संघीय सरकार नीतिगत व्यवस्थापनमा, प्रदेश सरकारहरु औद्योगिक आयोजनाको विकासमा र स्थानीय सरकारहरु उत्पादन र वितरणमा लाग्नुपर्ने
सुझाव रहेको थियो ।
FACEBOOK COMMENTS