काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्यमा घटबढ भएको छैन ।
बुधबार मूल्य स्थिर रहँदै छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार पनि सुनको मूल्य स्थिर थियो ।
यता, बुधबार चाँदीको मूल्य भने घटेको छ ।
मंगलबार प्रतितोला १७ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा २० रूपैयाँ घटेर प्रतितोला १७ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS