काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समग्र विकासका लागि पर्यटन मैत्री नीति निर्माण गरिने बताएका छन् ।
उनले आर्थिक समृद्धिको लागि सरकारले लगानी मैत्री वातावरण सिर्जना गर्नु पर्नेमा जोड दिँदै मन्त्रालयले सोही अनुरुप काम गरिरहेको बताए ।
नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी प्रमुख दीपकराज जोशीको स्वागत तथा पर्यटन क्षेत्र सम्बद्ध संघ संस्थाहरुबीचको परिचयात्मक कार्यक्रमा मन्त्री पाण्डेले निजी क्षेत्रलाई सहज हुनेगरि नीति परिमार्जन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
“म निजी क्षेत्रलाई आवश्स्त पार्न चाहन्छु । मन्त्रालयले यो नीतिमा परिमार्जन गर्नु पर्ने थियो । तर मन्त्रालयले अकर्मण्डयता देखायो भरेर भन्ने अवस्था सिर्जना हुन दिने छैन् । जति दिन म मन्त्री हुन्छु । राम्रो नीति बनाउने विषयमा म पूर्ण पर्यत्नशील रहनेछु । ” उनले भने ।
मन्त्री पाण्डेले पर्यटन बोर्डले नयाँ कार्यकारी प्रमुख प्राप्त गरेकोले पर्यटनलाई चलायमान हुने र अन्य संस्थाले अनुकरण गर्ने गरि काम गर्न निर्देशन दिए ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले पर्यटनमा सरकारको लक्ष्य प्राप्त गर्न निजि क्षेत्रसंगको सहकार्यमा बोर्डका कामहरु अगाडी बढाइने प्रतिवद्धता व्यक्त गरे । पर्यटनका क्षेत्रमा देखिएका चुनौतीलाई चिर्दै अगाडी बढ्नुको विकल्प नरहेको उल्लेख गर्दै कार्यकारी प्रमुख जोशीले आफ्नो चार वर्षको कार्यकालको संक्षिप्त योजना पेश गरे ।
FACEBOOK COMMENTS