काठमाडौं । सानिमा क्यापिटल अन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फन्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डको लाभांश पाउन आजसम्म इकाईधनी बन्नु पर्ने छ । प्रतिफल वितरण गर्न भोली बुधबार बुक क्लोज गर्दैछन् ।
सानिमा इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डका इकाईधनीहरुलाई करसहित १० प्रतिशत र सानिमा ग्रोथ फन्डका इकाईधनीलाई कर सहित १० प्रतिशत नगद लाभांश ९प्रतिफल० वितरण गर्न लागेका हुन् ।
FACEBOOK COMMENTS