काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले नेपाली बजारमा ‘दायुन युइहु’ सब-कम्प्याक्ट एसयूभी ल्याउने भएको छ ।
नाडा अटो शो २०८१ म विभिन्न ८ वटा ब्राण्डहरू प्रदर्शनमा राखेको सीजी मोटर्सले शो सकिएलगत्तै नयाँ ब्राण्डको बिक्री-वितरण सुरू गर्न लागेको हो ।
दायुन ग्रुपलेले चीनमा हेभी ट्रक, लाइट ट्रक, कार, मोटरसाइकल र इन्जिनहरू उत्पादन गर्दै आएको छ ।
नेपाल भित्र्याउने एसयूभीलाई सीजीले नेपाली बजारकै ‘मोस्ट अफरडेवल सब-कम्प्याक्ट एसयूभी’ भनेर दाबी गरेको छ । सो गाडी चाँडै सार्वजनिक गर्ने सीजीको तयारी छ ।
दायुन युइहु नेपालको बाटोलाई सुहाउँदो रहेको सीजी मोटर्सको दाबी छ । दायुन युइहुमा ३९ किलोवाटको मोटर रहेको छ, जसले १२५ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ३०.६६ किलोवाट आवरको ब्याट्री छ र सो ब्याट्रीले ३०० किलोमिटरभन्दा धेरै रेञ्ज प्रदान गर्ने जनाइएको छ । २० प्रतिशतबाट ८० प्रतिशत ब्याट्री चार्ज गर्न डीसी चार्जरमार्फत ५४ मिनेट भन्दा कम लाग्ने जनाइएको छ ।
दायुन युइहु सब-कम्प्याक्ट एसयूभीमा २०१ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । फ्रन्ट एण्ड रियर इन्डिपेन्डेन्ट सस्पेन्सन रहेको हुँदा यो गाडीले जस्तोसुकै अफरोड तथा खराब बाटोहरूमा आरामदायी यात्रा दिलाउने कम्पनीको दाबी छ । इन्डिपेन्डेन्ट सस्पेन्सन समावेश गरिएको उक्त गाडी यस सेग्मेन्टकै पहिलो रहेको कम्पनीले जनाएको छ ।
गाडीमा ७ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, किलेश इन्ट्री, टायर प्रेसर मनिटरिङ सिस्टम, एयरब्याग, एबीएस, ईबीडी, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, अटोमेटिक हेडल्याम्प, वन टच विन्डो, पार्किङ रेडार र क्रुज कन्ट्रोलजस्ता फिचरहरू समावेश
छन् ।
FACEBOOK COMMENTS