काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित साइन इखाडोल फिटनेस एण्ड रिक्रियसन सेन्टर प्रालिमा बैंकका ग्राहकहरूलाई १० प्रतिशतको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकहरूले ठूलो भर्याङस्थि साइन इखाडोल फिटनेस तथा रिक्रियसन सेन्टरको खानामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । उक्त स्विमिङ पुलसहितको फिटनेस तथा रिक्रियसन सेन्टरमा पौडीसम्बन्धी तालिमहरूको पनि व्यवस्था रहेको छ ।
हालै बैंकले ललितपुरस्थित मेडेक्स मल्टिस्पेशल्टी क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरमा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ । यसका साथै बैंकले काठमाडौंस्थित प्रख्यात ट्रांक्वाइलिटीका देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ । यस्तै बैंकले ज्यास्मिन फिटनेस क्लब एण्ड स्पामा २० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राखी देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्यमार्फत ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
FACEBOOK COMMENTS