काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यस वर्षको नाडामा सार्वजनिक गरेको टाटा पन्च ईभीको १ हप्तामा १००+ युनिट काठमाडौंमा डेलिभरी गरिसकेको छ ।
पन्च ईभीको नाडाको पहिलो दिनमै १००+ बुकिङ लिएर बिक्री सुरू भएको थियो । पन्च ईभीको बुकिङ उत्साहजनक रहेको र अब कम्पनीको जिम्मेवारी जतिसक्दो छिटो, बुकिङ गरेका ग्राहकलाई गाडी डेलिभरी गर्ने रहेको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले बताए । साथै पन्च ईभीको रिजनल लन्च विर्तामोडबाट सुरू भइसकेको छ ।
टाटा पन्च ईभीको सुरूआती मूल्य ३३ लाख ९९ हजार रूपैयाँमा सार्वजनिक गरिएको हो । पन्च ईभी ३३.९९ को भेरिएन्टमा योभन्दा दुई सेगमेन्टमाथिका विशेषताहरू भ्वाइस एसिस्टेड सनरुफको साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/एप्पल कार प्लेको आनन्द लिन सकिन्छ । पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको छ भने यो गाडी जीएनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको गाडी हो ।
FACEBOOK COMMENTS