काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ५७ दशमलव ०३ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार ५ सय ८० दशमलव ७६ विन्दुमा पुगेको छ । आज ३ सय १२ कम्पनीको १ करोड ७० लाख ६१ हजार ८ सय ७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३ सय ८३ रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स २ दशमलव १६ प्रतिशत, सेन्सेटिभ इन्डेक्स १ दशमलव ८२ प्रतिशत, फ्लोट इन्डेक्स २ दशमलव १५ प्रतिशत सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ९७ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS